हेटौंडाका परराष्ट्रविद् श्रेष्ठलाई ‘नइ देरुनिख प्रदिप्ति पुरस्कार’

२०७६ फाल्गुन १५,बिहीबार १४:२५

काठमाडौं । साहित्यिक संस्था नइ प्रकाशनले ६ जना विभिन्न व्यक्तित्वहरूलाई २०७६ सालको नइ पुरस्कार प्रदान गर्ने भएको छ ।

नइ प्रकाशनका अनुसार हेटौंडाका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनिख प्रदिप्ति पुरस्कार’ प्रदान गरिने भएको छ । दुईपटकसम्म मकवानपुरबाट सांसदमा निर्वाचित श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको हो । उहाँ यसअघि रुसको लागि राजदुत भइसक्नु भएको छ ।

हिरण्यलाल श्रेष्ठ– नेपालको अन्तराष्ट्रिय खासगरी नेपाल, भारत र चीन मामला सम्बन्धी एक सुपरिचित विज्ञ हुनुहुन्छ । सोभियत रुसका राजदूत भइ योगदान पुर्याउनु भएको श्रेष्ठका अन्तराष्ट्रिय मामला सम्बन्धी पुस्तक र संग्रहका साथै कैयन लेखहरु प्रकाशन भएका छन्।

यसैगरी साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ नगद राशि जनही ६० हजार रुपैयाँसहित प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौं बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्गता भएर पनि नेपाली भाषासाहित्यमा सक्रिय महेश थापालाई ‘नइ देरुनिख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ नगद राशि जनही ५० हजारसहित प्रदान गरिने निर्णय गरिएको छ ।

मिस मङ्गोल सिविरा लामालाई २५ हजार रुपैयाँ राशिसहितको ‘नइ देरुनिख पौरख पुरस्कार’ प्रदान गरिनेसमेत निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*