आफूलाई मन्त्रीको सल्लाहकार बताउने घले युवती बलात्कारको केशमा पक्राउ

२०७६ फाल्गुन १४,बुधबार १७:२०

काठमाडौं १४ फागुन । आफुलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार बताउने अमृतकुमार घले युवती बलात्कारको केशमा पक्राउ परेका छन् ।
युवतीलाई आफ्नै कोठामा राखेर बलात्कार गरेको अभियोग उनीमाथि छ ।

‘घलेले आफू शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार भएको भन्दै युवतीलाई अमेरिका पठाइदिने आश्वासन दिएर बलात्कार गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दै छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी होवीन्द्र बोगटीले भन्नुभयो ।

मन्त्री रामवीर मानन्धरले भने घले आफ्नो सल्लाहकार नभएको बताउनुभएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*