‘गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो ?’

२०७६ फाल्गुन १४,बुधबार १७:०२
फाइल तस्बिर

मकवानपुर १४ फागुन । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आफूलगायत प्रधानमन्त्री बन्नुभएका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले भन्नुभयो – ‘गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो ?’

‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भन्नुभयो, ‘हिजो हामी त साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’

‘कसरी हाम्रा महल छन् रु प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ उहाँले भन्नुभयो , ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने अवस्थामा कसरी पुग्यौँ ?’
सम्पत्ति छानविन गरे सबै छर्लङग हुने उहाँले बताउनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*