बाघको छालासहित तामाङ र कामी पक्राउ

२०७६ फाल्गुन १४,बुधबार १७:००

ललितपुर, १४ फागुन । लगनखेलस्थित बसपार्कबाट बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेको प्रहरीले जनाइएको छ ।

उहाँहरुलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले ३ थानसहित पक्राउ गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*