नेकपाले संविधान संशोधन गर्न बनाएको कार्यदल बिघठन

२०७६ फाल्गुन १४,बुधबार १६:४७
File Photo

मकवानपुर १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधन गर्न बनाएको कार्यदल बिघठन भएको छ ।

नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा बनाइएको उक्त कार्यदल बिघठन भएको हो । कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा उक्त कार्यदलमा बस्न तयार नहुनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरिएको हो । ‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*