हेटौंडामा सवारी दुर्घटना, कारले दियो स्कुटर र मोटरसाइकललाई ठक्कर (तस्बिरसहित)

२०७६ फाल्गुन १४,बुधबार १६:३६

हेटौंडा, १४ फागुन । हेटौंडा–२ मानसचोकमा सवारी दुर्घटना भएको छ । मानसचोकमा रोकिराखेको १ वटा स्कुटर र २ वटा मोटरसाइकललाई कारले ठक्कर दिएको छ ।

मानसचोकबाट संगमचोकतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–०२३ च २२५ नम्वरको कारले सडक पेटीमा चढेर स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको छ । तीव्र गतिमा आएको कारले सडक छोडेर फुटपाथमा चढेको थियो ।

दुर्घटनामा मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले कारका चालकलाई नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*