निरन्तर बढेको सुनको भाउ दुई सातापछि घट्यो

२०७६ फाल्गुन १४,बुधबार १५:५९

मकवानपर, १४ फागुन । केही दिनयता निरन्तर बढेको सुनको भाउ दुई सातापछि घटेको छ । मंगलबार रु ३०० रुपैयाँले घटेको सुनको भाउ बुधबार पनि ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाइएको छ ।

बुधबार भाउ घटेसँगै नेपाली बजारमा छापावाल सुन प्रतितोला ७९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन मंगलबार ३०० रुपैयाँले घटेसँगै प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि सोमबार छापावाल सुन प्रतितोला ८० हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज नेपाली बजारमा तेजावी सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाइएको छ । यसअघि तेजाबी सुन प्रतितोला ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ९०५ मा झरेको छ । मंगलबार चाँदी प्रतितोला ९२५ मा कारोबार भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*