यी हुन् पहिलो डेटमै फिदा पार्ने छ उपाय

तु खबर संवाददाता
२०७६ फाल्गुन ११,आईतवार १६:२७
सांकेतिक तस्बिर

पहिला आफूः
पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ ।

फूलः
भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुन्छ । वास्नादार फूलले तपाईंको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउन सक्छ ।

ढोका खोल्नुस्ः
कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती आउँदा ढोका खोलिदिनुस् । उनी बस्ने स्थानको कुर्सी मिलाइदिनुस् अनि उनी बसिसकेपछि मात्र आफू बस्नुस् ।

न भीडभाड न सुनसानः
पहिलो डेटका लागि स्थान चयन गर्दा सुनसान स्थान नछान्नु । सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हो । सकेसम्म धेरै भीडभाड हुने स्थान पनि राम्रो मानिन्न ।

मोबाइल साइलेन्टः
युवती आइपुग्नु अगाडि नै मोबाइल साइलेन्ट मुडमा राखिदिनुस् । यसले पहिलो भेटको कुराकानीमा केही अवरोध हुन्न । अनिवार्य कल आयो भने उनलाई सोधेर कुरा गर्नुस् तर सकेसम्म छोटो गर्नुस् ।

मदिरातिर ध्यान नदिनुः
बेलुकाको समय पहिलो डेटको समय जुरेको छ भने पनि मदिरातिर ध्यान नदिनु । आफू पनि नपिउनु र युवतीलाई अफर पनि नगर्नु बुद्धिमानी हो । यो जानकारी शुक्रबार साप्ताहिकबाट लिइएको हो । हिमालय मिडियाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*