हेटौंडामा कोरोना भाइरससम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७६ फाल्गुन ५,सोमबार १८:०७

मकवानपुर, ५ फागुन । हेटौंडामा नोबेल कोरोना भाइरस सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालय र बागमती प्रदेशको संयुक्त आयोजनामा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

निर्देशनालयले नीजि, गैरसरकारी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका संचालक तथा सेवा प्रदायक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणसम्बन्धि जानकारीका साथै यसबाट बच्ने उपायको विषयमा अन्तरक्रिया गरेको थियो ।

निर्देशनालयका प्रमुख रमेश अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ४५ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*