प्रहरीको नौटंकी, कसुर नगरेका लोहनीलाई हेटौंडामा मुद्दा चलाइँदै

२०७६ फाल्गुन ५,सोमबार १७:२९

मकवानपुर ५ माघ । पत्रकार, पूर्व शिक्षक एवं बुद्धिजिवी गुणराज लोहनीलाई मकवानपुर प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा चनाउने भएको छ ।

मकवानपुर प्रहरीले उहाँलाई हिजो आईतबार पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको हो । अभद्र व्यवहार सम्बन्धी मुद्धा चितवन अदालतले खारेज गरेपछि छुट्नुभएका लोहनीलाई मकवानपुर प्रहरीले पुनः पक्राउ गरेको हो ।

आईतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्दा खारेज गर्ने फैसला सुनाएको थियो ।

तर, प्रहरीले अदालत परिसरबाटै लोहनीलाई पक्राउ गरी बागमती प्रदेशको राजधानी हेटौंडा ल्याएको छ ।

तु–खबरसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिल सिंह राठोरले उहाँमाथि अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाउन लागेको जानकारी दिनुभयो ।

लोहनी केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । तर, स्वास्थ्यमा समस्या आएपछि पार्टीबाट विदा लिनुभएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*