प्रकाण्डका छोरा नरेन्द्र विक प्रहरीको फन्दामा

२०७६ फाल्गुन ५,सोमबार १६:५७

काठमाडौँ, ५ फागुन । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाण्डका छोरा नरेन्द्र विकलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार राजधानीको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले नरेन्द्र विकसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*