भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालको सपथ ग्रहण हुँदै

२०७६ फाल्गुन ५,सोमबार १६:३५

मकवानपुर ५ फागुन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएका रामेश्वर फुयालको आज सोमबार सपथ हुने भएको छ ।

उहाँले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा सपथ ग्रहण गर्नुहुने भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गत माघ २९ गते उहाँको सपथ ग्रहणको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेपछि उहाँको सपथ रोकिएको थियो ।

अहिले भने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग काडमाडौंमा भेट गरेपछी फुयालको सपथ हुनेभएको हो ।

यो पनि पढ्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*