अमेरिका पठाइदिने भन्दै ६० लाख ठग्ने लामासहित दुई पक्राउ

२०७६ फाल्गुन ५,सोमबार १६:१४

काठमाडौं, ५ फागुन । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जना पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै उक्त रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

उनीहरु दुबैलाई पीडित महिला कीसानुमायाले दिएको जाहेरीको आधारमा सोमबार भक्तपुरको थिमिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*