बागमती प्रदेशका नवनियुक्त मन्त्री फुँयालले आज सपथ ग्रहण गर्दै

२०७६ फाल्गुन ५,सोमबार १५:५८

हेटौंडा, ५ फागुन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुयाँलले आज सपथ ग्रहण गर्नुहुने भएको छ ।

उहाँलाई बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज सोमबार ५ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुने भएको हो । आज मन्त्री फुयाँलले मात्र सपथ लिने स्रोतले जनाएको छ ।

यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको सपथ ग्रहण तत्कालका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशमा सरकार विस्तार हुने चर्चा लामो समयदेखि चलिरहेको भएपनि अहिले आएर सरकार विस्तार हुन लागेको हो ।

तत्कालिन भौतिक योजना मन्त्री केशब स्थापितलाई मन्त्रीबाट बर्खास्तगी गरिएपछि सो मन्त्रालय मु्ख्यमन्त्री डोरमणि पौडेलले हेर्दै आएका थिए ।

यो पनि पढ्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*