तुम्बाहाङ्फे कानून मन्त्रीमा नियुक्त, साढे ३ बजे सपथ

तु खबर संवाददाता
२०७६ फाल्गुन ५,सोमबार ११:३८

काठमाडौं ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज मन्त्रीको सपथ ग्रहण गर्नुहुने भएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज साढे ३ बजे सपथ ग्रहण गराउनुहुने छ ।

तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएसंगै अग्नी प्रसाद सापकोटालाई सभामुख हुने बाटो खुलेको थियो ।

उहाँलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*