देबेन्द्र कार्कीको बैगुनी मायाँ बजारमा

तु खबर संवाददाता
२०७६ फाल्गुन ३,शनिबार १०:१९
Featured Video Play Icon

बारा / बाराका चर्चित गायक देबेन्द्र कार्कीको बैगुनी मायाँ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । यूट्युवमार्फत् कार्कीको बैगुनी मायाँ सार्वजनिक भएको हो । गीतकार सन्तोष देउजाको शब्द, संगीतकार विकास पाण्डेको संगीतमा गीत बजारमा आएको हो ।

बिनय केतुको संगीत संयोजन रहेको गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका छन् । लिरिकल भिडियोलाई एसएस पटेलले बजारमा ल्याएका हुन् ।

गायक कार्कीको यसअघि बर्बाद भो हाम्रो सरकार, झिमझिम झिम्काइ परेली, तिमीले रोप्या फूल भएँ, गाडी छुट्यो सानु हेटौंडा, अनमोल जिन्दगानी, तिमी नभए जिन्दगीमालगायतका म्युजिक भिडियो तथा गीत बजारमा आएको छ ।

पप गीतहरुमा चर्चामा आइसकेका कार्कीको यो आधुनिक गीत हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*