यस्तो रहेछ मुना कार्कीको हत्यामा लुकेका भित्रि रहस्य

तु खबर संवाददाता
२०७६ फाल्गुन २,शुक्रबार १५:५९

काठमाडौं, २ फागुन । कामदारमा महिला अङ्गप्रतिको आशक्ति– प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या हुनुको कारण ।

सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए । फर्किंदा पत्नी रगताम्य भएर भान्सामा ढलेकी थिइन्, कामदार विजय चौधरी अर्कातिर लमतन्न थिए ।

सिसिटिभी फुटेजअनुसार विजयले मुनालाई प्लाष्टिकको पिर्काले टाउकोमा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए । विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरे जस्तो हाउभाउ फुटेजबाट बुझिन्छ ।

त्यसपछिको केही समय उनीहरू दृष्यबाट बाहिरिन्छन् । बाहिरिएको दृष्य पनि सिसिटिभीमा देखिन्छ । निस्कनुअघि नै विजयले मुनालाई प्लाष्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन् ।

तर, प्लाष्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन । फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुर्व्यवहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ ।

नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकोमा चोट लागेपछि भएको छ । मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ ।

विजयको अण्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ । मृतक मुना महिनावारी भएको देखिन्छ । मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ ।

विजयको भने हातमा चोट र अण्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएका छन् । मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए ।

प्रहरीको अनुमान अनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो । त्यस्तो अवस्थामा विजयले उनको अङ्गमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ । त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे ।

अनुसन्धानका क्रममा प्रहरीले छर–छिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुनबीच असमझदारी बढेको पाएको थियो । तर, सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन । उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे । जनआस्था साप्ताहिकबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*