मकवानपुर प्रहरीद्वारा ९० किलो गाँजा बरामद

तु खबर संवाददाता
२०७६ माघ २३,बिहीबार १६:४९
file photo

हेटौंडा, २३ माघ । मकवानपुर प्रहरीले बुधबार ९० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ जिर्खे डाडाँस्थित चौरबाट उक्त परिणामको गाँजा बरामद गरेको हो ।

सो गाँजा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

उक्त घटनाको विषयमा मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*