हेटौंडा–९ मा दुई दिने सचेतनामूलक कार्यक्रम आजबाट सुरु

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १७:४३

हेटौंडा, १० माघ । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा फोहोर व्यवस्थापन सम्बन्धि दुई दिने सचेतनामूलक कार्यक्रम आजबाट सुरु भएको छ ।

टोल विकास संस्था वडा समन्वय समितिको आयोजना तथा वडा नं. ९ को आर्थिक सहयोगमा दुई दिने सचेतनामूलक कार्यक्रम सुरु भएको हो ।

वडाभित्रका २४ वटा टोलविकास संस्थालाई समेट्ने गरी दुई दिनमा वठाका ९ वटा स्थानमा सचेतना कार्यक्रमको आयोजना गर्न लागेको वडाध्यक्ष लक्षणप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा वडाका सदस्यहरु क्रमशः लक्ष्मी नेपाली, सुकराम केसी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडालगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*