भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोईरालालाई

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १७:३६

मकवानपुर १० माघ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यसबर्षको भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोईरालालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले कोइरालालाई ७ हजार ५ सय राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।

कोइरालासंगै विभिन्न विधामा अन्य ७ जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गर्ने प्रतिष्ठानका अध्यक्ष उज्वलशर्मा भण्डारीले
जानकारी दिए ।

उनले यो वर्ष विजुलीमाया वन राष्ट्रिय पुरस्कार केहि पछि हुने बताए । प्रतिष्ठानले यो वर्ष बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति बरिष्ट संगितकार शुभबहादुर सुनामलाई दिने भएको छ । प्रदेश स्तरीय यो पुरस्कारको राशी गत वर्ष २५ हजार थियो । त्यसैगरी तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार शान्ति प्रियवन्दना,लाई दिईने भएको छ । यो पुरस्कारको राशी १० हजार रहेको छ ।

यो वर्षको शिला नारी प्रतिभा पुरस्कार छमछमि विजेता सन्धा आचार्यलाई नगद १५ हजार राशी सहित दिईने भएको छ भने चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित छवि अनित्यलाई दिईने भएको छ ।

त्यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई नगद १० हजार सहित पुरस्कृत हँदा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छा लाई १० हजार १ सहित सम्मान गरिने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*