झरनाको तेस्रो अधिवेसन सम्पन्न

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १७:१५

मकवानपुर १० माघ । मकवानपुरमा लामो समयदेखि क्रियाशिल संस्था झरना साहित्यिक परिवारको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
आज शुक्रबार भएको अधिवेशनले दीपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

त्यसैगरी भेलाले उपाध्यक्षमा बिश्वनाथ सञ्जेल र चिरञ्जिवी लामीछाने,सचिवमा मसान उपासक, सहसचिवमा गायत्री रुपाखेति तथा कोषाध्यक्षमा कृष्ण घतानीलाई निर्बिरोध चयन गरेको छ। साथै देवराज लामीछाने ,अमृता लामीछाने ,मञ्जु दाहाल,शुभलक्ष्मी प्रभालाई सदस्यमा चयन गरिएको छ।

अधिवेशनले संस्थाकी कोषाध्यक्ष गायत्री रुपाखेतिको आर्थिक प्रतिबेदन तथा सचिब चिरञ्जिवी लामीछानेको प्रगति प्रतिबेदन सर्बसम्मतिले पास गरेको छ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल,रमेशमोहोन अधिकारी,उद्दव सापकोटा,बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाल,जनार्दन खनाल,आँचल कलापुञ्जकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुर अध्यक्ष शान्तिप्रिय बान्दना,सुवास खनाल लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*