भन्सार छली ल्याएको एक लाखको कपडासहित हेटौंडाकी एक महिला पक्राउ

२०७६ माघ १०,शुक्रबार १६:५६

हेटौंडा, १० माघ । मकवानपुर प्रहरीले हेटौंडा–१०, बसपार्कबाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको कपडासहित हेटौंडाकी एक महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजाराको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सान चोरी पैठारी गरी ल्याएको अबैध कपडासहित हेटौंडाकी एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहागरपालिका वडा नं. ९ बस्ने ४३ वर्षीया रिता थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

प्रहरीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बसमा चेकिङ गर्दा उनले झोलामा लुकाईछिपाई ल्याएको एक लाख सत्र हजार बराबरको कपडा फेला परेपछि उनलाई उक्त कपडासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*