घूस खाएर शिक्षक नियुक्ति गरेको आरोपमा तीन जना अख्तियारको फन्दामा

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १६:०४
file-photo

सुर्खेत, १० माघ । घुस खाएर शिक्षक नियुक्ति गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ ।

निम्नमाध्यमिक तहको सामाजिक विषयको राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार आयोगले शाही डुङ्गेश्वर गाउँपालिका–५ का वडासदस्य भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको हो ।

शाही दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक हुन् ।

अखियार अनुसन्धान आयोग सुर्खेतले शाहीसहित परीक्षामा सहभागी भई छनोट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई पक्राउ गरेको हो ।

तीनै जनालाई पक्राउ उनी आवश्यक अनुसन्धानका भइरहेको आयोगले जनाएको छ ।

उनीहरुलाई गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनोट परीक्षा सञ्चालन हुनुअगावै परीक्षार्थीलाई फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तरकुन्जिका पठाई शिक्षक छनोट गरेको भन्ने उजुरी परेपछि अनुसन्धान लागि नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*