हेटौंडा आएर आफ्नै छोरी निर्मला पन्तको जिवनीमा बनेको फिल्म दुर्गादेवीले हेरिन्

कोपिलाको च्यारिटीबाट उठेको ५० हजार दुर्गादेवीलाई
२०७६ माघ १०,शुक्रबार १६:०९

हेटौंडा, १० माघ । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले शुक्रबार हेटौंडा आएर नेपाली चलचित्र ‘कोपिला’ हेरेकी छिन् ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको नेपाली चलचित्र ‘कोपिला’को च्यारिटी शोमा उनकी आमा दुर्गादेवी सहभागी हुन् बिहीवार नै हेटौंडा आएकी थिइन् । उनले एनएस सिनेमाको दर्शक दीर्घाको अगाडि सिटमा बसेर आफ्नै छोरीको जिवनीमाथि बनेको फिल्म हेरिन् ।

फिल्ममा निर्मला आफ्नो घरबाट साथि रोशनीको घरमा पढ्न हिँडेकोदेखि उनको हत्या गरी फालिएको उखुबारी, शवको अवस्था, निर्मलाको न्यायको लागि कञ्चनपुरमा भएको आन्दोलन, बम दिदीबहिनीले स्थानीयलाई निर्मलाको बारेमा बोलेका विषय फिल्ममा समावेश गरिएको छ ।

आमा दुर्गादेवीले आँखा भरी आँसु बनाएर फिल्म हेरेन् । उनले निर्मलाको जस्तो कुनैपनि चेलिबेटीको जिवनमाथि यस्तो घटना हुन नहुने बताइन् । च्यारिटीबाट उठेको रकमबाट पन्त परिबारलाई ५० हजार वितरण गरिएको छ । मकवानपुर जागरण अभियानले कोपिलाको च्यारिटी शो गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*