सेनाले शंकास्पद बस्तु डिस्पोज गर्दा आयो भयंकर आवाज (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १६:०५
Featured Video Play Icon

हेटौंडा, १० माघ । हेटौंडा–२ मानसचोकमा आज शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तुको नेपाली सेनाले डिस्पोज गरेको छ । प्लाष्टिकको झोलालाई स्थानीयले बमको आशंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

मानसचोकबाट करिब १० मिटर दक्षिणतर्फ प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले सुरक्षा घेरा हालेर बमको आशंकामा नेपाली सेनाको टोलीलाई डिस्पोजको लागि बोलाएको थियो ।

सेनाको टोलीले मध्यान्न १ बजेको समयमा शकांसपद वस्तुको डिस्पोज गरेको थियो । डिस्पोज गर्दा घरेलु फोहोरले भरिएको झोला रहेको पत्ता लाग्यो । सेनाले वारुद पड्काएर डिस्पोज गरेको थियो ।

डिस्पोज गर्दा सात्तो लिने गरी आवाज आएको थियो ।

हेर्नुहोस् भिडियो –

यो पनि पढ्नुहोस् –

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*