राक्सिराङ–६ का बृद्धबृद्धा तथा अशक्त व्यक्तिलाई सिरक वितरण

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १३:०६

मकवानपुर, १० माघ । मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिका वडा नं ६ को वडा कार्यालयले वडाभित्र रहेका बृद्धबृद्धा तथा शारीरिक अशक्त भएका व्यक्तिलाई सिरक वितरण गरेको छ ।

वडा कार्यालयले गाउँसभाबाट बिनियोजित बजेट बमोजिम वडाभित्रका १२२ जना ज्येष्ठ नागरिक तथा पूर्र्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण गरेको ६ नम्बर वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए ।

जाडो मौसममा आगो बालेर हरेक बर्ष जाडो काट्दै आइरहेका बृद्धबृद्धा र अपांगता भएका व्यक्तिहरुले स्थानीय सरकारको तर्फबाट नयाँ सिरक पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

ज्येष्ठ नागरिक ९८ बर्षीय सिंहबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सिरक बितरण कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*