‘रातभर हिटर बाल्दा’ दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

तु खबर संवाददाता
२०७६ माघ ७,मंगलवार १३:१६

हेटौंडा, ७ माघ । चिसो कोठालाई तताउन रातभर हिटर बालेर सुतेपछि मकवानपुरमा आज मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो । भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए ।

उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका थिए । ८ जना रिसोर्टको १११  नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए ।

मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेको कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले आज १२ बजे मृत घोषणा गरे । मृत्यु हुनेमा ४ जना बालबालिका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*