माघे संक्रान्तीमा सुर्यान्सको गजलसाँझ

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १९:२९

हेटौंडा,२९ पुस । पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै हेटौंडामा सञ्चालनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ ।

होटलले हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले साँझलाई रोमान्चकता भर्ने होटलका म्यानेजर नकुल गिरीले जानकारी दिए ।

माघको १ गते गर्न लागिएको साँझ होटलको रुफटपमा रहेको सुर्यान्स रेष्टुरेन्टमा हुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने रसाँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको म्यानेजर गिरीले बताए ।

आन्तरीक तथा बाहिरबाट आएका ग्रहकका लागि पर्वको रौनकताका भर्नका लागि होटलले गजलसाँझ गर्न लागेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*