कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १७:३६
file photo

कर्णाली, २९ पुस । कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघी पर्वको अवसरमा माघ १ गते भोली सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारको गत १९ कात्तिकमा गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा १ माघमा सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*