घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १७:००
File Photo

काठमाडौं, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई हजार घुस लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो ।

कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*