चोरी गरेको १ करोड रुपैयाँसहित ३ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १६:२३
file photo

धनगढी, २९ पुस । भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको दिल्लीबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित कैलाली प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) रहेका छन् ।

प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी थापा (रावल) को कच्ची घर कोठाभित्र सुत्ने खटियामुनि खाल्डो खनी टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका छन् । प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेको छ ।

उनीहरूले मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*