दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा

२०७६ पुष २९,मंगलवार ०८:४९

अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ ।

गत शुक्रबार बिहान धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका–५ का दिलीपलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो ।

धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरपस्ट रगतको नमुना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ । ‘क्रसरमा प्रहरी खटाइएको छ । रगतको टाटालाई सुरक्षित राखिएको छ,’ धनुषाका एसपी रमेश बस्नेतले भने, ‘रगतको रिपोर्ट आएपछि अनुसन्धान अलि सजिलो हुनेछ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*