नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको ठहर

२०७६ पुष २९,मंगलवार ०८:२०

सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमबार सर्वोच्चले टुंग्याएको हो ।

समान प्रकृतिका अन्य केही मुद्दा समेत सर्वोच्चमा विचाराधीन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले कम्पनीको दाबी अस्वीकृत गर्दै भ्याट छलीमा दोषी ठहर गरेको हो ।

इजलासले शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*