भोलीदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता सुरु हुने

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १५:४५

हेटौंडा, २७ पुस । मकवानपुरगढी गाउँपालीकामा भोलीदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ सुरु हुने भएको छ ।

१६ औँ शहिद रुद्र पाख्रिन स्मृती दिवसको अवसरमा मकवानपुरगढीमा भोली सोमबारदेखी जिल्ला स्तरीय ६ ए साईड फुटसल प्रतियोगिता सुरु हुने भएको हो ।

भोलीदेखि सुरु हुने उक्त फुटसल प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागि हुने शहिद रुद्र पाख्रिन स्मृती पार्कका अध्यक्ष भिम पाख्रिनले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालीका–३ स्थित मक्रन्चुलीमा रहेको भानु मिनिपिचमा आगामी माघ ५ गतेसम्म संचालन हुने खेलको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनकन्त्री शालिकराम जम्मकट्टेलले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख, दोस्रो टिमले नगद ५० हजार ट्रफी, मोडल र प्रमाण प्राप्त गर्ने छन् भने प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर खेलाडीले नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको कुल लागत १० लाख लाग्ने पाख्रिनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*