हेटौंडामा चलचित्र ‘कोपीला’ को च्यारेटी शो हुने

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १५:३५

मकवानपुर, २५ पुस । मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ ।

चलचित्र ‘कोपीला’ को च्यारेटी शो आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमाहलमा आयोजना गरिने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए ।

शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट स्व. निर्मला पन्तको परिवारलाई हेटौंडा बोलाए ५० हजार सहयोग गरिने जानकारी गराए ।

यसअघि गत वर्ष पंचायत चलचित्र च्यारेटी गरेर सामाजिक कार्य गरिएको बताउँदै उनले यो वर्ष पनि उठेको रकमबाट निर्मला पन्तको परिवारसँगै अन्य सामाजिक क्षेत्रमा सहयोग गर्ने बताए ।

चलचित्रका कलाकारहरुको समेत उपस्थिती रहने च्यारेटी शो कार्यक्रममा विशेष गरी तल्लो बर्गलाई सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष कोईरालाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्याको भएको विषयमा चलचित्र ‘कोपीला’ बनेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा राज्यले हत्यारा पत्ता लगाउन नसकिएको अवस्थामा चलचित्र कसरी बन्यो भनेर पत्रकारहरुले राखेको जिज्ञासामा निर्माता गौतमले चलचित्रमा यो र त्यो हत्यारा भनेर देखाउनु भन्दा पनि ‘कोपीला’ को हत्या कसरी भयो अनि कोपिलाको लासमाथि कसरी राजनिती भयो भन्ने कुरा देखाउन खोजिएको बताए ।

‘कोपीला’ को भुमिकामा संजिबनी खरेलले अभिनय गरेकी चलचित्रमा गणेश गिरी, सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। दिपक शर्माको संगीर रहेको चलचित्रलाई शिभ्म अधिकारीले निर्देशन गरेको निर्माता एवम् संचारकर्मी मणिराज गौतमले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*