मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा मोक्तानको मृत्यु

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १२:२५

हेटौंडा, २१ पुस । मकवानपुरको मनहरी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं. २ बस्ने २५ वर्षीय सविन मोक्तान रहेका छन् ।

गएराति ना ५ त ४१६६ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी ट्याक्टर चालक हो वा होईन त्यसको बारेमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*