बकैयामा प्रमुख सूचना आयुक्तले भने – सूचनाको हक कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिवद्ध हुनुपर्छ

तु खबर संवाददाता
२०७६ पुष १९,शनिबार २०:००

मकवानपुर, १९ पुस । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

लोकतन्त्रको मेरुदंड नै नागरिकको सूचना पाउने अधिकार भएकाले त्यसको उपयोग र प्रचलनमा गाउँपालिका अर्थात् स्थानीय सरकार जिम्मेवार र प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

बकैया गाउँपालिकाको आयोजनामा आज शनिबार भएको स्थानीय सरकार संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटाले यस्तो बताएका हुन् ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षता तथा उपाध्यक्ष सरला बोलखेको उपस्थितिमा प्रमुख सूचना आयुक्त बास्कोटाले स्थानीय सरकारको काम, मरिणाम आउने गरी कार्य सम्पन्न गर्ने शैली लगायतका विषयमा स्पष्ट पारेका थिए ।

हरेक गाउँपालिकाले जनभावनको उच्च कदर गर्दै समाजका सबै तह, वर्ग, क्षेत्र र लिङलाई समेटेर नेतृत्व अघि बढ्नुपर्ने बताए । बास्कोटाले गाउँपालिकाले संविधानद्वारा प्रदत्त अधिकारलाई निर्धक्क प्रयोग गर्नुपर्ने र त्यसले जनताको जीवनस्तर आर्थिक रुपमा माथि उठ्नुपर्ने सुझाए ।

गाउँ कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, सदस्यहरु उपस्थित सो कार्यक्रममा उपाध्यक्ष सरला बोलखेले गाउँपालिका समाजको हरेक पक्षको विकासमा दत्तचित्त भएर लाग्ने उल्लेख गरिन् ।

उनले भेदभावरहीत सेवा प्रवाहमा गाउँपालिका क्रियाशील हुने बताइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले गाउँपालिका सबै नागरिकको क्षमता विकासमा काम गर्न क्रियाशील रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष दामोदर खनालले गाउँपालिका सबै प्रकारको सूचनाको अभिलेख राख्ने, वेरोजगार युवाहरुलाई रोजगारीमा जोड्ने, वडा भवनहरुको निर्माण सम्पन्न गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा सहयोग पुर्याउने लगायतका काम गर्न उत्सुक रहेको बताए । उनले सबैको सहकार्यमा गाउँपालिकाले द्रुत विकास गर्ने समेत बताए ।

यो पनि पढ्नुहोस

समृद्धिका लागि स्थानीय तहको भूमिका अपरिहार्यः प्रमुख आयुक्त

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*