टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’

तु खबर संवाददाता
२०७६ पुष १२,शनिबार १४:३६

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।

बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ ।

बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । एउटा अनुसन्धानले प्यारासिटामोल भन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।

उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।

अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।

यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ । एजेन्सी 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*