मकवानपुरमा सुमो दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, ३ जनाको सनाखत

तु खबर संवाददाता
२०७६ पुष ११,शुक्रबार १८:१३
फाइल तस्बिर

हेटौंडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ओखरेडाँडा नजिकै शुक्रबार टाटासुमो दूर्घटना भएको छ । सुमो दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंबाट चन्द्रनिगाहापुरको लागि हिँडेको शिखरापुर यातायात प्रालीद्धारा सञ्चालित ना १ ज ३४३३ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मध्यान्ह १२ः३० बजे टाटासुमो अनियन्त्रित भइ सडकबाट २ सय मिटर तल खसेको थियो । मृतक ३ जनाको मात्रै सनाखत भएको छ ।

चन्द्रनिगाहापुर निवासी २२ वर्षीय मनिष विक र उनकी श्रीमती २१ वर्षीय सृजना विक, रौतहट चपुर–६ निवासी ७४ वर्षीय केदार तिमल्सिनाको घट्नास्थलमै मृत्यु भएको छ ।

मृतक २ जनाको सनाखत हुन नसकेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लनन कुर्मीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीको बागमती गाउँपालिका–११ निवासी २२ वर्षीय रञ्जित रिजाल र रौतहट बलुवा–५का जैसा शाहको काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

सुमो चालक हेटौंडा–१७ निवासी अनिल विक र रौतहट गरुडा–५ निवासी नन्दकिशोर साहको काडमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

इन्द्रसरोवर दूर्घटना अपडेट : तीन जनाको मृत्यु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*