जडीबुटी सङ्कलन गर्न गएका १२ जना चार दिनदेखि बेपत्ता

तु खबर संवाददाता
२०७६ मंसिर ३०,सोमबार १०:०३
file-photo

सुर्खेत, ३० मंसिर । जडीबुटी सङ्कलन गर्न गएका तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना बेपत्ता भएका छन् ।

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।

उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*