सामाजिक सञ्जालमा नेपाली ठगेर पिटरलाई पैसा पठाउने तीन पक्राउ

२०७६ मंसिर २५,बुधबार १७:२१

मकवानपुर । सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेको हो।

उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको पाइएको महाशाखाले जनाएको छ।

अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी तिनै जनालाई सार्वजनिक गरेको हो।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*