पुसको पहिलो सातादेखि हेटौँडाबाटै जुनसुकै किसिमको लाइसेन्स उपलब्ध हुने

२०७६ मंसिर २५,बुधबार १६:२०

मकवानपुर, २५ मंसिर । मकवानपुरको हेटौँडाबाट अब प्रदेश नं. ३ का नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बितरण हुने भएको छ ।

आउदो पुस महिनाको पहिलो साताबाट हेटौंडाबाटै जुनसुकै किसिमको सवारी अनुमतिपत्र लिन सकिनेछ । मसिंर २० गते शुक्रबारदेखि अनलाइन फाराम संकलनको परीक्षण थालेको कार्यालयले केहीदिन भित्रै नियमित अनलाइन फाराम लिन सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले जानकारी दिए ।

साथै सवारी चालक अनुमतिपत्रका निम्ति लिखित तथा प्रयोगात्मक परीक्षा स्थलको लागि छनौटमा परेको हेटौंडा–११ स्थित बागेश्वरी मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गराईने छ ।

ट्रायल सेन्टरको लागि कार्यालयलाई बजेट विनियोजन नभएको हुँदा सेवाग्राहीबाटै शुल्क लिई तत्काल सेवा प्रारम्भ गरिने भएको छ ।

लाइसेन्स लिनका लागि हेटौंडाबाट सेवाग्राहीहरुले फराबम मार्फत पाच सय, मोटरसाइलको हकमा एक हजार पाँच सय र टायल सेन्टर र सवारी साधनका लागि गरी दुई हजारको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*