नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने

तु खबर संवाददाता
२०७६ मंसिर २५,बुधबार १५:३१
file photo

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड मंसिर २७ गतेदेखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले दुई साताका लागि दिउँसो बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले उक्त सडकमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ ।

उक्त सडकबाट एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*