जङ्गली हात्तीको आक्रमणबाट भट्टको मृत्यु

तु खबर संवाददाता
२०७६ मंसिर २५,बुधबार १४:३०

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

हात्तीको आग्रमणबाट सोही नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्टको आज (बुधबार) विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ ।

हात्तीको आक्रमणबाट अन्य ४ जना घाईते भएका छन् घाईते हुनेहरुमा स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम रहेका छन् । उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचारका लागि भारतको खटिमा पठाइएको छ ।

एक जना जङ्गलमा हराइरहेका छन् । उनको खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*