मकवानपुर प्रहरीले बुझायो हराएको ३१ थान मोबाईल सम्बन्धित धनीलाई

तु खबर संवाददाता
२०७६ मंसिर २५,बुधबार १३:४८

हेटौँडा, २५ मंसिर । मकवानपुर प्रहरीले विभिन्न समयमा हराएका ३१ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

प्रहरीले विभिन्न मितिमा मोबाईल हराएको भन्ने उजुरी दिएको आधारमा ३१ थान मोबाईल फेला पारी बुधबार सम्बन्धित धनीलाई बुझाएको हो ।

मकवानपुर प्रहरीमा हराएको उजुरी परेका ३१ वटा मोबाईल प्रहरीले फेला पारी चितवन र काठमाडौंबाट समेत मोवाईल धनीलाई बुझाएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीले पछिल्लो ९ महिनामा १ सय ५२ वटा मोवाईल बुझाईसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*