अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा परी पुलिससहित ६ जना ज्यान गयो

तु खबर संवाददाता
२०७६ मंसिर २५,बुधबार ०९:०७
file photo

अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा पुलिससहित ६ जनाको ज्यान गएको छ भने दुई अन्य पुलिसकर्मी घाइते भएका छन् ।

शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । जर्सी शहर हडसन नदीको अर्कोतर्फ छ । हडसन नदीको एकातर्फ न्यूयोर्क शहर छ ।

स्थानीय मिडिया, गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् ।

गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेको थियो स्थानीय संचारमाध्यमले जनाएको छ ।

मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए ।

जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ । दुबै संदिग्ध एउटा ट्रकमा भागेको र नजिकैको सुपरमार्केटमा गएर लुके । उनीहरुले पसलभित्र गएर पुलिसमाथि गोली चलाइरहेको बताइन्छ ।

पुलिसका अनुसार हमलाकर्तासँग भारी राइफल थिए र सयौं राउन्ड गोली थिए । पछि स्वेटजस्ता विशेष पुलिस दललाई बोलाइयो जसले संदिग्धलाई मारे । एजेन्सीको सहयोगमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*