नलकटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७६ मंसिर २४,मंगलवार १७:०१

काठमाडौं, २४ मंसिर । सर्लाहीबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।
प्रहरीले पेस्तोलसहित २१ वर्षीय भारतीय नागरिक संजय सिंहलाई पक्राउ परेका हुन् ।

उनलाई प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले सर्लाहीको बिष्णु गाउँपालिका–२ स्थित सडकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*