हेटौँडामा आगामी मंसिर ३० गते चलचित्रबारे अन्तरक्रिया हुने

तु खबर संवाददाता
२०७६ मंसिर २४,मंगलवार ०९:४०

मकवानपुर, २४ म्रसिर । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले हेटौँडामा ‘मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मीको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी हप्ता हेटौडामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

सो अन्तरक्रिया आगामी मंसीर ३० गते रिगल रिसोर्ट हेटौँडामा हुने भएको छ ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डको सहयोग रहने छ भने चलचित्र पत्रकार संघ केन्द्रिय कार्यलयको समन्वय रहने छ ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराई ,बोर्ड सदस्य नरेन्द्र महर्जन चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र संघ,निर्देशक समाज, समिक्षक समाज, चलचित्र पत्रकार संघ बुटवल, पोखरा, दाङ, चित्तवन लगायतका करिब ५० जना पत्रकारहरुको समेत सहभागीता रहने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*