बालबालिकामाथि यौन शोषण गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ

२०७६ मंसिर २३,सोमबार १६:४५
File Photo

काठमाडौं, २३ मंसिर । आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको गेस्ट हाउसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद गरेको छ ।

उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*