आयोग : १९ सांसदको निर्वाचन हुँदै

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार १६:०६

मकवानपुर । १४ मंसिरमा ५२ स्थानमा उपनिर्वाचन सम्पन्न गरेको निर्वाचन आयोग पुनः अर्को निर्वाचनमा जुटेको छ । आयोगले आगामी २० फागुनबाट रिक्त हुने राष्ट्रियसभा निर्वाचनको तयारी थालेको हो ।

५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सांसद (१९ जना) को पदावधि आगामी २० फागुनबाट सकिँदैछ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले आगामी १५ माघअगावै निर्वाचन सक्ने गरी निर्वाचन तालिका प्रस्ताव गरेको हो ।

राष्ट्रियसभाको पहिलो पटक निर्वाचन हुँदा उनीहरूको पदावधि गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण भएको थियो । यसरी पदावधि निर्धारण भएकामध्ये १९ जनाको पदावधि सकिन लागेको हो ।

१९ मध्ये १८ स्थानमा भने निर्वाचन हुनेछ । एक पद भने सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने भएकाले सो स्थानमा भने निर्वाचन हुने छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*